Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

एकैदिन ५५ सय रुपैयाँ बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

एकैदिन ५५ सय रुपैयाँ बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

अर्थ प्लस
एकैदिन ५५ सय रुपैयाँ बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । सुनको मूल्य मंगलबार एकैदिन ५५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ४ हजार २३५ रुपैयाँ कायम रहेको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ४ हजार २५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

सम्बन्धित समाचार