Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

होलिडे इन बाइ आईएचजी र क्लब चौलानी लिमिटेडबीच होटल व्यवस्थापन सम्झौता

होलिडे इन बाइ आईएचजी र क्लब चौलानी लिमिटेडबीच होटल व्यवस्थापन सम्झौता

अर्थ प्लस
होलिडे इन बाइ आईएचजी र क्लब चौलानी लिमिटेडबीच होटल व्यवस्थापन सम्झौता

काठमाडौं । होलिडे इन बाइ आईएचजी र क्लब चौलानी लिमिटेडबीच होटल व्यवस्थापन सम्झौता कार्यक्रम सम्पन्न भएको छ । उक्त सम्झौता पुस ८ गते काठमाडौंस्थित होलिडे इन रिसोर्टमा सम्पन्न भएको छ ।

सम्झौतामा क्लब चौलानी लिमिटेडतर्फबाट अध्यक्ष डा. राजेन्द्र के. सी. र आईएचजी होटल एन्ड रिसोर्टका दक्षिण एशियाका प्रबन्ध निर्देशक सुदीप जैनले हस्ताक्षर गरेका हुन् । प्रेस मिटमा सीए दीपक पाण्डेले सञ्चारकर्मीहरूको प्रश्नको उत्तर दिएका थिए । सोही कार्यक्रममा परियोजनासँग सम्बन्धित आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका लागि गरिमा क्यापिटललाई प्रबन्धकको रूपमा नियुक्त गरिएको थियो ।

धनगढीमा निर्माण हुन लागेको होलिडे इन बाइ आईएचजी, धनगढी सुदूरपश्चिम प्रदेशकै अन्तर्राष्ट्रिय होटल चेन अन्तर्गतको पहिलो पाँचतारे होटल हुनेछ । होटलमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार ५ प्रिमियम सुइटसहित ११५ वटा आधुनिक अतिथि कक्ष रहनेछन् । प्रमुख सुविधाहरूमा करिब १८,५०० वर्गफुट क्षेत्रफलमा फैलिएको अत्याधुनिक क्यासिनो, ७०० जनासम्म अट्ने भव्य ब्यान्क्वेट हल, रुफटप स्विमिङ पुल, बहु–परिकार रेष्टुरेन्ट, पूर्ण रूपमा सुसज्जित आधुनिक फिटनेस सेन्टर, विभिन्न बैठक तथा सम्मेलन कक्षहरू तथा विशेष निजी डाइनिङ सुविधा समावेश रहनेछन्।

WhatsApp Image 2025-12-23 at 17.54.101.jpeg
undefined

परियोजनाको कुल लगानी रु. २२० करोड रहेको छ, जसमा करिब ६५% (रु. १४३ करोड) बैंक ऋण र ३५% (रु. ७७ करोड) प्रवद्र्धकहरूको स्व–पूँजीमार्फत व्यवस्थापन गरिनेछ।

धनगढी प्राकृतिक सौन्दर्य, धार्मिक–सांस्कृतिक सम्पदा, जैविक विविधता र आतिथ्यताले सम्पन्न क्षेत्र हो। भारतको उत्तराखण्ड र उत्तर प्रदेशका प्रमुख सहरहरूसँग नजिक रहेको यो सीमावर्ती सहरले ठूलो संख्यामा भारतीय पर्यटकको आकर्षण गर्ने सम्भावना बोकेको छ। धनगढी सुदूरपश्चिमका ७ जिल्लाको प्रमुख जङ्क्सनको रूपमा विकसित हुँदै गएको छ र महेन्द्रनगर नजिक तथा धनगढी विमानस्थलबाट करिब ८ किलोमिटर दूरीमा अवस्थित छ।

होलिडे इन धनगढी परियोजनाले सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय आवास, व्यवसायिक पर्यटन र अन्तर्राष्ट्रिय ब्रान्डेड आतिथ्य सेवाको नयाँ युगको सुरुआतका रूपमा लिइएको छ। यसले स्थानीय रोजगारी सिर्जना गर्दै क्षेत्रीय अर्थतन्त्रमा सकारात्मक योगदान पु¥याउने अपेक्षा गरिएको छ। होटल २०८४ सालको सुरुबाट सञ्चालनमा आउन अपेक्षित छ।

यस परियोजनाले सुदूरपश्चिम प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको आतिथ्य र लगानीको नयाँ मापदण्ड स्थापना गर्ने विश्वास र क्षेत्रीय पर्यटन, व्यवसायिक विकास तथा आर्थिक प्रगतिमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।
 

सम्बन्धित समाचार