Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

उपनिर्वाचनको तयारी पूरा, मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने

उपनिर्वाचनको तयारी पूरा, मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने

अर्थ प्लस
उपनिर्वाचनको तयारी पूरा, मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने

शुक्रबार, वैशाख १४, २०८१
काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार (भोलि) इलाम– २ र बझाङ १ ‘क’ मा हुने उपनिर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए । भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । आयोगले निर्धक्क भएर मतदानमा भाग लिन अपिल पनि गरेको छ ।

निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, अनुगमन अधिकृत, मतदान कार्यमा खटिएका कर्मचारी एवम् सुरक्षाकर्मीबाट समेत सुक्ष्म अनुगमनको कार्य भइरहेको जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, मतदानका दिन सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि सार्वजनिक सवारी साधन पनि निर्वाध सन्चालन गर्न दिने निर्णय गरेको छ । यसअघिका चुनावहरुमा अत्यावश्यक सेवा र निर्वाचन आयोगबाट सवारी पास भएका गाडीहरुमात्र सन्चालन गर्न दिइन्थ्यो ।’ उपनिर्वाचनमा स्वच्छता, निष्पक्षता तथा पारदर्शितामा असर नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइसकिएको उनले बताए ।

सम्बन्धित समाचार