Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज

अर्थ प्लस
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डाकेको बैठकबाट सरकार–जेनजी सम्झौता र आउँदो फागुन २१ गतेका निम्ति घोषित निर्वाचनको वातावरणका विषयमा पार्टीको धारणा बनाइने जनाइएको छ ।

यही पुस २६ देखि २८ सम्मका निम्ति घोषित पार्टीको १५औँ महाधिवेशन कार्यतालिका संशोधन र मिति परिवर्तनलगायत विषयमा पनि बैठकमा छलफल हुनेछ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने नियमित महाधिवेशन सम्भव नभएकाले विशेषमा जाने गरी दबाबको तयारी गरेका उनीनिकटहरूले बताएका छन् । 

सम्बन्धित समाचार