Logo

Oct 28 2026 | २०८३, कात्तिक १२गते

images

चिलिमे जलविद्युतको लाभांश घोषणा

चिलिमे जलविद्युतको लाभांश घोषणा

अर्थ प्लस
चिलिमे जलविद्युतको लाभांश घोषणा

काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ। पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीमा आधारित भएर ८ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

लाभांश अनुमोदनका लागि कम्पनीले पुस ३० गते साधारण सभा बोलाएको छ। सभाबाट प्रस्ताव पारित भएपछि सेयरधनीहरूले लाभांश प्राप्त गर्नेछन्।

यसैगरी, कम्पनीले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई नामावलीमा रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन र लाभांश पाउन योग्य हुनेछन्।

सम्बन्धित समाचार