काठमाण्डौ । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ६ सय रुपैयाँले सस्तिँदै २ लाख ७० हजारमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ थियो, जुन हालसम्मकै उच्च दर मानिएको हो।
यद्यपि, चाँदीको मूल्य भने आज नयाँ किर्तिमान कायम भएको छ। चाँदी प्रतितोला ६० रुपैयाँले बढ्दै ४ हजार ८९५ रुपैयाँ पुगेको छ।
