Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

युनिक नेपाल लघुवित्तले आर्थिक वर्ष २०८१/८२ मा लाभांश वितरण नगर्ने घोषणा

युनिक नेपाल लघुवित्तले आर्थिक वर्ष २०८१/८२ मा लाभांश वितरण नगर्ने घोषणा

अर्थ प्लस
युनिक नेपाल लघुवित्तले आर्थिक वर्ष २०८१/८२ मा लाभांश वितरण नगर्ने घोषणा

काठमाण्डौ। युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरूलाई नगद वा बोनस सेयर लाभांश वितरण नगर्ने निर्णय गरेको छ। संस्थाको पुस २२ गते बसेको सञ्चालक समितिको १०८औँ बैठकले हालको वित्तीय अवस्थालाई ध्यानमा राख्दै उक्त निर्णय सर्वसम्मतिले पारित गरेको हो।

बैठकले विगत चार वर्षदेखि देशभर बढ्दै गएको लघुवित्त विरोधी गतिविधिका कारण कर्जा नतिर्ने प्रवृत्ति तीव्र बनेको र यसले सामूहिक जमानी प्रणाली कमजोर पार्दै कर्जा असुलीमा गम्भीर समस्या उत्पन्न गरेको निष्कर्ष निकालेको छ।

त्यसैगरी, व्यावसायिक मन्दी, युवा विदेश पलायन, तथा लगानी विस्तारमा आएको अवरोधका कारण ऋणी सदस्यहरूको आम्दानी संकुचन भएको र निष्क्रिय कर्जा बढ्दै गएको संस्थाले जनाएको छ। यसले संस्थाको मुनाफा घटाउनुका साथै नगद प्रवाहमा नकारात्मक असर पारेको बोर्डको ठहर छ।

यस्ता चुनौतीपूर्ण परिस्थितिमा पनि सेयरधनीलाई लाभांश वितरण गर्ने चाहना भए तापनि, वित्तीय संस्थाको सुरक्षित र स्थिर सञ्चालनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याइएको छ। नेपाल राष्ट्र बैंकको सुझावलाई आत्मसात गर्दै वितरण योग्य मुनाफा सञ्चित नभएकाले लाभांश वितरण नगर्ने निर्णय गरिएको संस्थाले स्पष्ट पारेको छ।

सम्बन्धित समाचार