Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

विजय लघुवित्तको एफपीओमा आवेदन दिने अन्तिम दिन

विजय लघुवित्तको एफपीओमा आवेदन दिने अन्तिम दिन

अर्थ प्लस
विजय लघुवित्तको एफपीओमा आवेदन दिने अन्तिम दिन

काठमाण्डौ – विजय लघुवित्त वित्तीय संस्थाले पुस २१ गतेदेखि निष्कासन गरेको थप सार्वजनिक (एफपीओ)मा आवेदन दिने अन्तिम दिन आज रहेको छ। संस्थाले प्रतिकित्ता रु. १०० अंकित दरमा ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ जारी गरेको हो।

नयाँ सारथी लघुवित्त र विजय लघुवित्तको मर्जरपछि बनेको संस्थाले सर्वसाधारण समूहको सेयर स्वामित्व अनुपात ७०ः३० कायम गर्न एफपीओ ल्याएको हो।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो सेयर’ सफ्टवेयर प्रयोग गरी दिन सकिन्छ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ। नेपाल धितोपत्र बोर्डले गत मंसिर १४ गते एफपीओ निष्कासनका लागि अनुमति दिएको थियो।

सम्बन्धित समाचार