काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षका लागि सेयरधनीहरुलाई कुनैपनि लाभांश वितरण नगर्ने घोषणा गरेको छ। पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू पारित गर्दै लाभांश नदिने निर्णय गरेको हो।
संस्थाले जनाएको अनुसार, नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि उक्त वित्तीय विवरण साधारण सभा प्रयोजनका लागि सार्वजनिक गरिनेछ।
