Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

अर्थ प्लस
एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आव २०८१/८२ का लागि सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले वितरणयोग्य मुनाफाबाट कुल १०.५२६३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

बैठकले ५ प्रतिशत बोनस सेयर र ५.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) प्रदान गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ।

सम्बन्धित समाचार