Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

अर्थ प्लस
तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, बैशाख २१ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने आज (वैशाख २१ गते) अन्तिम दिन रहेको छ । कम्पनीहरूले वैशाख १४ गतेदेखि जोकोहीले खरिद गर्न पाउने गरी संस्थापक शेयर लिलामीमा ल्याएका थिए ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि. को स्वामित्वमा रहेको ३५ हजार कित्ता शेयर लिलामीमा ल्याएको हो । यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ तोकिएको छ । यो शेयर खरिदका लागि बोलपत्र पेश गर्दा न्यूनतम पाँच हजार कित्ता र अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सकिनेछ ।

नेशनल लाइफ इन्स्योरेन्सले स्वदेशी सेक्युरिटिज् एण्ड इन्भेष्टमेन्ट प्रा.लि. को स्वामित्वमा रहेको १५ हजार ९४५ कित्ता शेयर लिलामीमा ल्याएको हो । यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २२५ रुपैयाँ रहेको छ । यस शेयरमा न्यूनतम दुई हजार कित्ता र अधिकतममा सबै शेयर खरिदका लागि बोलपत्र पेश गर्न सकिनेछ ।

ग्रामीण विकास लघुवित्तले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि. र श्री गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्ट प्रा.लि. को स्वामित्वमा रहेको क्रमशः २८ हजार कित्ता र २२ हजार ५०० कित्ता शेयर लिलामीमा ल्याएको हो । यी दुबै शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ । यी शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम पाँच हजार कित्ता र अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सकिनेछ ।

शेयर खरिद गर्न इच्छुकले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र काठमाडौंको थापाथलीस्थित ट्रेड टावर भवनको चौथो तल्लामा रहेको एनआईसी एशिया क्यापिटल लिमिटेडमा बुझाउनुपर्नेछ । बोलपत्र फाराम पनि सोही स्थानबाट पाइनेछ ।

सम्बन्धित समाचार