Logo

Nov 03 2026 | २०८३, कात्तिक १८गते

images

लघुवित्तमा एनपीएल चुलिँदै, नाफा भने उल्लेख्य सुधारमा

लघुवित्तमा एनपीएल चुलिँदै, नाफा भने उल्लेख्य सुधारमा

इपीएस र लाभांश क्षमतामा कुन कति अब्बल ?

अर्थ प्लस
लघुवित्तमा एनपीएल चुलिँदै, नाफा भने उल्लेख्य सुधारमा

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म लघुवित्त संस्थाहरुले कुल ४ अर्ब ७७ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ७७.७१ प्रतिशतले बढी हो। गत वर्ष यस अवधिसम्म संस्थाहरुले २ अर्ब ६८ करोड ७८ लाख रुपैयाँ नाफा कमाएका थिए।

नेपाल राष्ट्र बैंकले कर्जा पुनर्संरचनाको सुविधा र धितोमा प्रवाह गर्न सकिने कर्जाको सीमा ७ लाखबाट १५ लाख रुपैयाँसम्म बढाएपछि संस्थाहरुको ब्याज आम्दानीमा सुधार देखिएको छ। यसले नाफा वृद्धिमा प्रत्यक्ष टेवा पुर्‍याएको हो।

सबैभन्दा बढी नाफा गर्ने संस्था

छिमेक लघुवित्तले दोस्रो त्रैमाससम्म ५७ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा ११२.५५ प्रतिशतले बढी हो। यस अवधिसम्म चार संस्था घाटामा देखिएका छन् भने गत वर्ष सात संस्था घाटामा थिए।

एनपीएलमा सुधार देखिएन

नाफा बढे पनि खराब कर्जा अनुपात (एनपीएल) भने झनै बढेको छ। राष्ट्र बैंकले पुनर्संरचनाको व्यवस्था गरे पनि ऋण असुलीमा समस्या बढ्दा एनपीएल उच्च भएको तथ्याङ्कले देखाउँछ।

  • १२ संस्थाको एनपीएल ५ प्रतिशतभन्दा कम छ।

  • ३८ संस्थाको एनपीएल ५ प्रतिशत वा सोभन्दा बढी छ। सबैभन्दा कम एनपीएल छिमेक लघुवित्तको २.४५ प्रतिशत हो भने सबैभन्दा बढी नेरुडे मिर्मिरे लघुवित्तको २५.७५ प्रतिशत पुगेको छ।

प्रतिसेयर आम्दानी (EPS)

नाफा बढेसँगै EPS मा पनि सुधार भएको छ।

  • नेष्डो समृद्ध लघुवित्तको EPS ६३.९९ रुपैयाँ पुगेको छ, जुन गत वर्ष ऋणात्मक १०६.०३ रुपैयाँ थियो।

  • दोस्रो त्रैमाससम्म ४ संस्थाको EPS ऋणात्मक छ भने ४६ संस्थाको धनात्मक छ।

लाभांश क्षमता

लघुवित्त संस्थाहरुले एनआरएफएस प्रणाली अनुसार लाभांश क्षमता देखाएका छन्।

  • जीवन विकास लघुवित्तको लाभांश क्षमता ७१.८६ प्रतिशत छ।

  • अन्य संस्थामध्ये नेष्डो समृद्ध (५८.७६%), स्वाभिमान (४८.५८%), डिप्रोक्स (४५.७०%), स्वरोजगार (३४.८२%), सर्पोट (३३.९६%), साना किसान विकास (२९.७९%), युनिक नेपाल (२८.०९%) र नेशनल लघुवित्त (२०.७१%) लाभांश वितरण क्षमतामा अग्रणी देखिएका छन्।

 

सम्बन्धित समाचार