Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

images

एभरेष्ट बैंकको खुद नाफा १ अर्ब २५ करोड रुपैयाँ नाघ्यो, वितरणयोग्य मुनाफा र खराब कर्जामा उल्लेख्य सुधार

एभरेष्ट बैंकको खुद नाफा १ अर्ब २५ करोड रुपैयाँ नाघ्यो, वितरणयोग्य मुनाफा र खराब कर्जामा उल्लेख्य सुधार

अर्थ प्लस
एभरेष्ट बैंकको खुद नाफा १ अर्ब २५ करोड रुपैयाँ नाघ्यो, वितरणयोग्य मुनाफा र खराब कर्जामा उल्लेख्य सुधार

काठमाडौँ / एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार असोज मसान्तसम्म बैंकको खुद मुनाफा ६.२३ प्रतिशतले बृद्धि भएको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १७ करोड ९२ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको एभरेष्ट बैंकले समीक्षा अवधिमा सो रकम बृद्धि गरी १ अर्ब २५ करोड २७ लाख १९ हजार रुपैयाँ पुर्याएको हो । बैंकको खुद नाफासँगै वितरणयोग्य मुनाफामा १९.६८ प्रतिशतको उल्लेख्य वृद्धि भई ७२ करोड १५ लाख ३७ हजार रुपैयाँ पुगेको छ ।

बैंकले असोज मसान्तसम्म ३ खर्ब ३६ अर्ब ६२ करोड ८० लाख रुपैयाँ निक्षेप सङ्कलन गरेर २ खर्ब ४४ अर्ब ६१ करोड ५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । 
समीक्षा अवधिमा बैंकको निक्षेप सङ्कलन ६.५२ प्रतिशत र कर्जा लगानी ३.९१ प्रतिशतले बढी हो । 

बैंकको चुक्ता पुँजी ५ प्रतिशतले बढेर १४ अर्ब ४० करोड ७४ लाख रुपैयाँ पुगेको छ भने रिजर्भ एण्ड सर्प्लस २० अर्ब ६० करोड ४ लाख रुपैयाँ रहेको । 
बैंकको कर्जा जोखिम व्यवस्थापनमा सुधार हुँदा इम्पेयरमेन्ट चार्ज ४४.८२ प्रतिशतले घटेर २३ करोड ३४ लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ ।
जले गर्दा बैंकको सञ्चालन नाफा ६.१८ प्रतिशतले बढेर १ अर्ब ७८ करोड ९७ लाख ७३ हजार रुपैयाँ पुगेको छ । 

यद्यपि, खुद ब्याज आम्दानी भने १.३५ प्रतिशतले घटेर २ अर्ब ३७ करोड १४ लाख ३३ हजार रुपैयाँमा झरेको छ भने खुद शुल्क तथा कमिसन आम्दानी ९.५५ प्रतिशतले बढेर ६० करोड २९ लाख ८ हजार रुपैयाँ पुगेको छ । 

एभरेष्ट बैंकले समीक्षा अवधिमा निष्क्रिय कर्जा गत वर्षको पहिलो त्रैमासको तुलनामा ०.।७४ प्रतिशतले घटाएर ०.५० प्रतिशतमा झारेको छ, जुन बैंकिङ क्षेत्रकै उत्कृष्ट मध्ये एक हो । 

बैंकको पुँजीकोष ११.७८ प्रतिशत कायम रहेको छ एभरेष्ट बैंकको प्रतिशेयर आम्दानी ३४.७८ रुपैयाँ, वितरणयोग्य प्रतिशेयर आम्दानी २०.०३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २४३.०१ रुपैयाँ र पिई रेसियो २०.६७ गुणा रहेको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी, आधार घटेर ४.२५ प्रतिशतमा झरेको छ भने बेस रेट २.९६ प्रतिशत, कर्जा निक्षेप अनुपात ७५.४३ प्रतिशत रहेको छ, जसले बैंकसँग पर्याप्त तरलता रहेको देखाउँछ ।

Everest Bank Note.JPG

सम्बन्धित समाचार