Logo

Sep 12 2026 | २०८३, भदौ २७गते

images

आजको मौसम: उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

आजको मौसम: उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

अर्थ प्लस
आजको मौसम: उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशको पहाडी र हिमाली भूभागको थोरै स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । 

तराई भूभागका थोरै स्थानमा बिहानको समयमा हुस्सु र कुहिरो लागिरहेको छ । 

विभागले राति कोसी र वाग्मती प्रदेशलगायत बाँकी हिमाली भूभागमा साधरणतया बादल लाग्ने बताएको छ । मधेस प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । तराई भूभागका थोरै स्थानहरूमा तुँवालो लाग्नेछ । 

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

सम्बन्धित समाचार