Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

रास्वपाले समानुपातिकमा कटायो १० लाख मत, कुन दलले कति ल्याए ?

रास्वपाले समानुपातिकमा कटायो १० लाख मत, कुन दलले कति ल्याए ?

अर्थ प्लस
रास्वपाले समानुपातिकमा कटायो १० लाख मत, कुन दलले कति ल्याए ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकमा १० लाख मत कटाएको छ। 

निर्वाचन आयोगका अनुसार २० लाख १५ हजार ६४१ मत गन्दा रास्वपाले मात्रै १० लाख ३५ हजार ६८९ मत पाएको हो। 

त्यसैगरी नेपाली कांग्रेसले ३ लाख ४४ हजार ७ सय ६८, नेकपा एमालेले २ लाख ७३ हजार ९ सय ३१ र नेपाली कम्युनिस्ट पार्टीले १ लाख २० हजार ३ सय ३१ मत पाएका छन्। 

राप्रपा समानुपातिकतर्फ पाँचौँ स्थानमा छ। उसले ७४ हजार १२१ मत पाएको छ। श्रम संस्कृति पाटीले ४३ हजार ३९७, राष्ट्रिय परिवर्तन पार्टी २३ हजार ७३१, जनता समाजवादी पार्टी नेपालको १३ हजार ७२५, नेपाल मजदुर किसान पार्टी ९ हजार ७७६, एकल चिन्ह चकिया (जाँतो) ९ हजार ७५४ र जनमत पार्टी ८ हजार ६४५ रहेका छन्।

सम्बन्धित समाचार