Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

तेस्रो त्रैमासमा सन नेपाल लाइफको उल्लेख्य प्रगति, १० अर्बको कोष, मुनाफा ४९ करोड माथि

तेस्रो त्रैमासमा सन नेपाल लाइफको उल्लेख्य प्रगति, १० अर्बको कोष, मुनाफा ४९ करोड माथि

अर्थ प्लस
तेस्रो त्रैमासमा सन नेपाल लाइफको उल्लेख्य प्रगति, १० अर्बको कोष, मुनाफा ४९ करोड माथि

काठमाडौँ, २४ वैशाख । सन नेपाल लाइफले चालु आवको नौ महिनाको वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले उल्लेख्य प्रगति गर्दै मुनाफा र जीवन बीमा कोष दुवै बृद्धि गर्न सफल भएको छ ।
गत चैत्र मसान्तसम्मको वित्तीय विवरण अनुसार सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोषमा छ अर्ब ९६ करोड ६० लाख नौ हजार ३५० रुपैयाँ आर्जन गर्न सफल भएको छ । गत आवमा कम्पनीको जीवन बीमा कोषमा जम्मा पाँच अर्ब ६५ करोड रुपैयाँ संचिती रहेको थियो । कम्पनीले समीक्षा अवधीमा जीवन बीमा कोषको आकार उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको छ ।

त्यस्तै, कम्पनीको जगेडा कोषमा एक अर्ब २३ करोड, महाविपत्ति कोषमा १४ करोड रुपैयाँ संचिती रहेको छ । कम्पनीको शेयर प्रिमियम खातामा एक अर्ब २६ करोड रुपैयाँ रहेको छ । समग्रमा कम्पनीको कोषको आकार १० अर्बभन्दा माथि पुगेको छ ।

कूल तीन अर्ब २० करोड चुक्ता पुँजि भएको कम्पनीले चालु आवको नौ महिनाको अवधीमा ४९ करोड ३६ लाख ६८ हजार २०४ रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । यद्यपि बीमाङ्कीय मूल्याङ्कनको क्रममा कम्पनीको मुनाफा हेरफेर हुनसक्नेछ ।

Untitled.png

कम्पनीले समीक्षा अवधीमा कूल बीमा शुल्क आम्दानी दुई अर्ब ७८ करोड रुपैयाँ आम्दानी गरेको छ भने कूल बीमा शुल्क आम्दानी दुई अर्ब ४९ करोड रुपैयाँ रहेको छ । कम्पनीले गत आवमा दुई अर्ब ५१ करोड रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेकोमा चालु आवमा सामान्य मात्रै घटेको हो ।

त्यस्तै, समीक्षा अवधीमा कम्पनीले ८५ करोड कूल बीमा दावी भुक्तानी गरेको छ । अघिल्लो आवमा यस्तो रकम एक अर्ब १५ करोड रुपैयाँ रहेको थियो । कम्पनीको प्रति शेयर आम्दानी २०.५७ रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १९४.११ रुपैयाँ, पिई अनुपात २९.०३, प्रतिशेयर कूल सम्पत्तिको मूल्य ४२१.६४ रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचार