Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

पूर्व प्रधानमन्त्री ओली पक्राउ, उनकै गाडीमा राखेर प्रहरी परिसर भद्रकाली लगियो

पूर्व प्रधानमन्त्री ओली पक्राउ, उनकै गाडीमा राखेर प्रहरी परिसर भद्रकाली लगियो

अर्थ प्लस
पूर्व प्रधानमन्त्री ओली पक्राउ, उनकै गाडीमा राखेर प्रहरी परिसर भद्रकाली लगियो

काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै गाडीमा राखेर काठमाडौं प्रहरी परिसर लगेको छ । आज बिहान उनलाई गुण्डुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।

गत भदौ २३ गतेको जेनजी आन्दोलनमा १९ जनाको ज्यान जाने घटनामा संलग्न भएको आरोपको अनुसन्धानका लागि भन्दै सरकारले पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको छ ।

ओली नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री रमेश लेखकलाई पनि आज बिहान प्रहरीले भक्तपुरको कुटुन्जेस्थित निवासबाट पक्राउ गरिसकेको छ।

भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्व प्रधानमन्त्री केपी ओली र रमेश लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो । 

सम्बन्धित समाचार