Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

विराट कोहली र पदिकलको अर्धशतकमा हैदराबादमाथि आरसिबीको विजयी सुरुवात

विराट कोहली र पदिकलको अर्धशतकमा हैदराबादमाथि आरसिबीको विजयी सुरुवात

अर्थ प्लस
विराट कोहली र पदिकलको अर्धशतकमा हैदराबादमाथि आरसिबीको विजयी सुरुवात

एजेन्सी – आइपिएल २०२६ को पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले सनराइजर्स हैदराबादलाई ६ विकेटले हराएको छ। खेल चेन्नास्वामी स्टेडियममा सम्पन्न भएको हो।

हैदराबादले दिएको २ सय १ रनको लक्ष्य आरसिबीले १५.४ ओभरमा‌ ४ विकेट गुमाएर २ सय ३ रन बनाउँदै पूरा गर्यो। आरसिबीका लागि विराट कोहलीले ६९ रन बनाए भने देवदत्त पदिकलले २६ बलमा ६१ रन बनाउँदै टोलीलाई जित नजिक पुर्‍याए। हैदराबादका लागि इशान किशनले ३८ बलमा ८० रन बनाए, तर त्यसैले टोलीको जीत सुनिश्चित गर्न सकेन।

आरसिबीका नयाँ खेलाडी ज्याकब डफीले पनि आफ्नो आइपिएल डेब्यूमा शानदार प्रदर्शन गरे। उनले ४ ओभरमा २२ रन खर्च गर्दै ३ विकेट लिए।

हैदराबादका मुख्य ब्याटर अभिषेक शर्मा, ट्राभिस हेड र नितीश कुमार रेड्डीलाई आउट बनाए। डफीले बलिङ पछि आराम पाउँदा पदिकलले हैदराबादको बलिङ विरुद्ध आक्रमणको गर्दै टोलीलाई जित दिलाए।

सम्बन्धित समाचार