Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

आजको मौसम: देशभर मेघगर्जनसहित वर्षाको सम्भावना

आजको मौसम: देशभर मेघगर्जनसहित वर्षाको सम्भावना

अर्थ प्लस
आजको मौसम: देशभर मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार, सोमबार (चैत्र १६) दिउँसो देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशभर मेघगर्जनसहित वर्षाको सम्भावना रहेकाे छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा तथा मधेससहित कोसी प्रदेशको तराई भू–भाग, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।

राति, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत  पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार