Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सन नेपाल लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा कवि फूँयाल नियुक्त

सन नेपाल लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा कवि फूँयाल नियुक्त

अर्थ प्लस
सन नेपाल लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा कवि फूँयाल नियुक्त

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको निमित्त सीईओमा कवि फूँयाल नियुक्त भएका छन् ।

सञ्चालक समितिको हिजो बसेको बैठकले वरिष्ठ उप प्रमुख कार्यकारी अधिकृत फूँयाललाई निमित्त सीईओको जिम्मेवारी दिने दिने निर्णय गरेको कम्पनी सचिव विनाद पौडेलले जनाएका छन् ।

कम्पनीले यस निर्णयको जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्रमार्फत गराएको छ। साथै, सोको बोधार्थ कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई समेत दिइएको कम्पनी सचिव बिनोद शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

लामो समयदेखि बीमा क्षेत्रमा कार्यरत फूयाँल यसअघि आईएमई लाइफको सीईओ थिए । 

सम्बन्धित समाचार