Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

नयाँ वर्ष २०८३ का लागि नेपाल टेलिकमको विशेष अफर सार्वजनिक

नयाँ वर्ष २०८३ का लागि नेपाल टेलिकमको विशेष अफर सार्वजनिक

अर्थ प्लस
नयाँ वर्ष २०८३ का लागि नेपाल टेलिकमको विशेष अफर सार्वजनिक

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०८३ को सुखद अवसरमा आफ्ना प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरुका लागि विशेष ‘नयाँ वर्ष अफर’ सार्वजनिक गरेको छ ।

कम्पनीले ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै सस्तो दरमा धेरै डाटा चलाउन सकिने गरी दुई प्रकारका प्याकेजहरु ल्याएको हो । टेलिकमले ‘न्यु इयर लाइट’ र ‘न्यु इयर प्रिमियम’ गरी दुई वटा विकल्प उपलब्ध गराएको छ ।

न्यु इयर लाइट प्याकेज अन्तर्गत ग्राहकले ४९९ रुपैयाँमा ३० दिनसम्म प्रतिदिन ५ जीबी डाटा प्राप्त गर्नेछन् । दैनिक ५ जीबीको सीमा सकिएपछि पनि ग्राहकले २ एमबीपीएसको गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न पाउने टेलिकमले जनाएको छ ।

बढी डाटा खपत गर्ने प्रयोगकर्ताका लागि लक्षित न्यु इयर प्रिमियम प्याकेजमा ६९९ रुपैयाँमा ३० दिनसम्म प्रतिदिन १० जीबी डाटा उपलब्ध हुनेछ । दैनिक १० जीबी डाटा सकिएपछि पनि ३ एमबीपीएसको स्पिडमा अनलिमिटेड इन्टरनेट चलाउन सकिनेछ ।

यो अफर आजदेखि आगामी २०८३ वैशाख २ गतेसम्म मात्र खरिद गर्न सकिने टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताको हकमा प्याकेजको शुल्क उनीहरुको मासिक रेन्टल चार्जमै समावेश गरिने कम्पनीले स्पष्ट पारेको छ ।

ग्राहकहरुले आफ्नो मोबाइलबाट ८१४१५८११३ डायल गरेर वा ‘नेपाल टेलिकम एप’ मार्फत यी प्याकेजहरु सहजै खरिद गर्न सक्नेछन् ।

सम्बन्धित समाचार