Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

आजको मौसम । तीन प्रदेशका हिमाली भूभागमा वर्षा/हिमपातको सम्भावना

आजको मौसम । तीन प्रदेशका हिमाली भूभागमा वर्षा/हिमपातको सम्भावना

अर्थ प्लस
आजको मौसम । तीन प्रदेशका हिमाली भूभागमा वर्षा/हिमपातको  सम्भावना

काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, देशको हिमाली भूभागमा साधारणतया बादल लागेको र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा छ ।

बिहीबार (वैशाख ३) दिउँसो कोसी प्रदेशको पहाडी भूभागलगायत वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको  सम्भावना रहेको विभागले जनाएको छ ।

राति, कोसी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । 

सम्बन्धित समाचार