Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

एमएडब्लू हायर पर्चेजको वित्तीय अवस्थामा उल्लेख्य सुधार, रेटिङ ‘LBBB-/A3’ मा उक्लियो

एमएडब्लू हायर पर्चेजको वित्तीय अवस्थामा उल्लेख्य सुधार, रेटिङ ‘LBBB-/A3’ मा उक्लियो

अर्थ प्लस
एमएडब्लू हायर पर्चेजको वित्तीय अवस्थामा उल्लेख्य सुधार, रेटिङ ‘LBBB-/A3’ मा उक्लियो

काठमाडौँ / इक्रा नेपालले एमएडब्ल्यू हायर पर्चेज प्रा.लि.को क्रेडिट रेटिङ्ग सुधार गर्दै कम्पनीको दीर्घकालीन रेटिङ्ग एलबिबिप्लसबाट बढाएर एलबिबि र अल्पकालीन रेटिङ्ग एफाेरप्लसबाट सुधार गरी ए थ्रीमा पुर्‍याएको छ।

रेटिङ्ग अपग्रेड कम्पनीको सुधारिएको वित्तीय प्रदर्शन, सुदृढ सम्पत्ति गुणस्तर तथा जोखिम व्यवस्थापन क्षमताका आधारमा गरिएको इक्रा नेपालले जनाएको छ।

कम्पनीले विशेषगरी मोबाइल फोन फाइनान्सिङ क्षेत्रमा प्रभावकारी रिकभरी प्रणाली र प्रविधिमा आधारित नियन्त्रण प्रणाली लागू गरेपछि सम्पत्ति गुणस्तरमा उल्लेखनीय सुधार देखिएको बताइएको छ।

एमएडब्लू हायर पर्चेजले नाफा आर्जनमा पनि स्थिरता कायम राख्दै आएको छ। कम्पनीको नेट इन्स्ट्रेस्ट मार्जिन स्थिर रहेको र सञ्चालन खर्च नियन्त्रणमा राखिएकाले निरन्तर सञ्चालन नाफा कायम गर्न सफल भएको छ।

त्यस्तै, कम्पनीले करिब ९६ प्रतिशत प्रावधान कभरेज कायम गरेको छ, जसले सम्भावित जोखिम व्यवस्थापन क्षमतालाई बलियो बनाएको छ। यसको कर्जा पोर्टफोलियो विविध र ससाना खण्डमा विभाजित रहेको तथा मध्यम लाेन टु भ्यालु अनुपात अपनाइएकाले जोखिम न्यूनीकरणमा सहयोग पुगेको उल्लेख गरिएको छ।

एमएडब्लू समूहको दीर्घकालीन व्यावसायिक आधारले पनि कम्पनीलाई थप मजबुत बनाएको छ। पाँच दशकभन्दा लामो समयदेखि नेपालको अटोमोबाइल क्षेत्रमा सक्रिय एमएडब्ल्यू ग्रुपको हिस्सा हुनुका कारण बजार पहुँच र ब्रान्ड साझेदारी विस्तारमा सहजता पुगेको कम्पनीको भनाइ छ।

सन् २०११ मा स्थापना भएको एमएडब्लू हायर पर्चेजले नेपाल राष्ट्र बैंकको मार्गदर्शनअनुसार सञ्चालन गर्दै आएको छ। यसको केन्द्रीय कार्यालय विराटनगरमा रहेको छ भने काठमाडौँको त्रिपुरेश्वरबाट पनि सञ्चालन गतिविधि अघि बढाइँदै आएको छ। कम्पनीले ग्राहकलाई सहज र झन्झटरहित हायर पर्चेज सेवा उपलब्ध गराउने लक्ष्यसहित काम गरिरहेको छ।

सम्बन्धित समाचार