Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

व्यवसायी शेखर गोल्छा काठमाडौंबाट पक्राउ

व्यवसायी शेखर गोल्छा काठमाडौंबाट पक्राउ

अर्थ प्लस
व्यवसायी शेखर गोल्छा काठमाडौंबाट पक्राउ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिहीबार उनलाई पक्राउ गरेको हो ।

सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठले भने, ‘शेखर गोल्छालाई धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको अभियोगमा काठमाडौंको नक्सालबाट नियन्त्रणमा लिइएको हो ।’

ब्यूरोले काठमाडौं जिल्ला अदालत बबरमहलबाट पक्राउ अनुमति लिएर उनलाई आजै नियन्त्रणमा लिएको हो । सीआईबीका प्रवक्ता श्रेष्ठले गोल्छालाई नक्सालबाट पक्राउ गरिएको र हाल थप अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको जानकारी दिए ।

गोल्छा हिमालयन रि–इन्स्योरेन्सका निवर्तमान अध्यक्ष समेत हुन् । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा ५९ वर्षीय गोल्छामाथि धितोपत्र सम्बन्धी ऐन, २०६३ उल्लंघन गरेको आरोप लागेको छ ।

हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका दीपक भट्टले गरेको गैरकानूनी धितोपत्र कारोबारमा गोल्छा पनि तानिएका छन् ।

भट्टलाई गैरकानूनी काम गर्न सहयोग गर्ने व्यक्ति र संस्था भनेर शेखर गोल्छासहित हिमालयन रि९इन्स्यारेन्स लिमिटेड, हिमालयन क्यापसर्व, हिमालय सेक्युरिटिज बैंकर लिमिटेड, एचएलआई लार्ज क्याप फण्ड,नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र रोहित गुप्तालाई कारबाहीको दायरामा ल्याउन धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरिवेक्षण प्रतिवेदनले सिफारिस गरेको थियो ।

 

सम्बन्धित समाचार