Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

प्रभु बैंकद्वारा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रलाई ७.५० लाख सहयोग

प्रभु बैंकद्वारा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रलाई ७.५० लाख सहयोग

अर्थ प्लस
प्रभु बैंकद्वारा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रलाई ७.५० लाख सहयोग

काठमाडौँ र/ प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रलाई ७ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ।

काभ्रेपलाञ्चोकको बनेपा–११, जनागालस्थित अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रलाई हस्तान्तरण गरिएको उक्त रकम लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका शारीरिक रूपमा अशक्त तथा विपन्न बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, फिजियोथेरापी, सहायक सामग्री वितरण तथा पुनःस्थापनासम्बन्धी कार्यक्रम सञ्चालनमा उपयोग गरिने बताइएको छ।

एक कार्यक्रमबीच बैंकका मार्केटिङ म्यानेजर सबिन शमशेर राणाले अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रका प्रमुख प्रशासन अधिकृत प्रकाश कुमार यादव लाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।

प्रभु बैंकले नेपालभर ३०० शाखा, २६१ एटीएम र ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाख ग्राहकलाई सेवा दिँदै आएको छ। बैंकले ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने नारासहित सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

सम्बन्धित समाचार