काठमाडौँ / रिलायन्स फाइनान्स र ट्रान्सक्वालिटी स्पाबीच छुट सुविधा सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार ट्रान्सक्वालिटी स्पाले रिलायन्स फाइनान्सका ग्राहक तथा कर्मचारीलाई व्यक्तिगत स्पा र सौन्दर्य सेवामा अधिकतम २५ प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।
अन्य विभिन्न सेवाहरूमा भने १५ देखि २० प्रतिशतसम्म छुट उपलब्ध हुने जनाइएको छ ।
रिलायन्स फाइनान्सको कमलादीस्थित प्रधान कार्यालयमा भएको सम्झौताअनुसार, ट्रान्सक्वालिटी स्पाले प्रदान गर्ने छुट सुविधा रिलायन्सका ग्राहकले मोबाइल बैंकिङ एप तथा एटीएम कार्डमार्फत भुक्तानी गर्दा प्राप्त गर्न सक्नेछन् ।
देशभर २१ वटा शाखा रहेको रिलायन्स फाइनान्सले यसअघि पनि विभिन्न संस्थासँग सहकार्य गर्दै आफ्ना ग्राहकलाई यस्ता छुट तथा सुविधा प्रदान गर्दै आएको छ ।
