Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

भूमिहीन नागरिकहरू देशव्यापी सडक प्रदर्शनमा, नाराबाजी र आक्रोशले गुञ्जायमान बन्यो माइतीघर 

भूमिहीन नागरिकहरू देशव्यापी सडक प्रदर्शनमा, नाराबाजी र आक्रोशले गुञ्जायमान बन्यो माइतीघर 

अर्थ प्लस
भूमिहीन नागरिकहरू देशव्यापी सडक प्रदर्शनमा, नाराबाजी र आक्रोशले गुञ्जायमान बन्यो माइतीघर 

काठमाडौँ । सरकारले विकल्प बिना बस्ती खाली गराउन थालेपछि देशभरका भूमिहीन तथा अव्यवस्थित बसोवासीहरू सडक प्रदर्शनमा उत्रिएका छन् । नौ दिन अघि काठमाडौंबाट सुरू भएको बस्ती खाली गर्ने अभियान देशभर चलाउने योजनामा सरकार लागेपछि भूमिहीनहरू सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् । काठमाडौंका १६ बस्तीबाट नौ दिनमा १५ हजार बढी विस्थापित भइसकेका छन् ।

त्यस्तै आज माइतीघर मण्डला फेरि एकपटक नाराबाजी र आक्रोशले गुञ्जायमान भएको छ।  काठमाडौं उपत्यकामा रहेका सुकुमवासीहरूले आफ्नो हक र अधिकारको माग गर्दै विशेष र्‍याली र प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले काठमाडौं महानगरपालिका र सरकारको डोजर आतंकको विरोध गर्दै प्रदर्शन गरेका हुन्। उनीहरूले हातमा रित्ता थाल र चम्चा बोकेर आफूहरूलाई भोकमरी र उठिबासको डर रहेको संकेत गरेका छन्। सुकुमवासी बस्तीहरूमा डोजर चलाएर नागरिकलाई घरबारविहीन बनाउने कार्यको भत्र्सना गर्दै उनीहरूले अधिकारको रक्षाको माग गरेका छन्।

उनीहरुले समाजवादको नारा डोजरको साहारा, विकासको नाममा विस्थापन बन्द गर,  उनीहरुले हिसाव सिक्दैछु ताकि हरेक अन्यायको हिसाव राख्न सकुँ, सुकुमवासीको रगतले रंगिएको हात कहाँ गएर धुन्छौ रु जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।

सुकुमवासी जनता सडकमा बालेन चाहीँ महलमा जस्ता नारा लगाएका छन्। विकासको नाममा सुकुमवासीहरूलाई कुनै विकल्प नदिई बलपूर्वक हटाउनु मानवीय संवेदना विरुद्ध भएको उनीहरूको तर्क थियो।

सम्बन्धित समाचार