काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) चितवन पुगेका छन्। प्रधानमन्त्री शाह केही बेरअघि मात्र भरतपुर विमानस्थलमा ओर्लिएका हुन्।
विमानस्थलबाट उनी सिधै महाधिवेशन कार्यक्रमस्थलतर्फ प्रस्थान गरिसकेका छन्। विशेष प्राथमिकताका साथ प्रधानमन्त्री शाहले यस भ्रमणमा आफ्नो साथमा पत्नी र छोरीलाई पनि लिएर आएका छन्।
भरतपुरमा आयोजना गरिएको रास्वपाको यस गरिमामय महाधिवेशनलाई प्रधानमन्त्री बालेन शाह र रास्वपाका सभापति रवि लामिछानेले आज दिउँसो ठीक २ बजे संयुक्त रूपमा उद्घाटन गर्ने कार्यतालिका रहेको छ। महाधिवेशनलाई लिएर चितवनमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको छ।
