काठमाडौं, जेठ ३ । नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले बुक क्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले बिहीबार शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले कम्पनीको ४.७५ प्रतिशत प्रतिशत बोनस शेयरको मूल्य समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयरमूल्य ६६१.५८ रुपैयाँ कायम भएको छ । नेप्सेले बिहीबारको कारोबारलाई आधार मानेर कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।
यो दिन दोस्रो बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ६९३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
