Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

आइएमई लाइफ इन्स्योरेन्सले जेठ २८ गते बोलायो साधारण सभा, बम्पर लाभांश पारित हुँदै

आइएमई लाइफ इन्स्योरेन्सले जेठ २८ गते बोलायो साधारण सभा, बम्पर लाभांश पारित हुँदै

अर्थ प्लस
आइएमई लाइफ इन्स्योरेन्सले जेठ २८ गते बोलायो साधारण सभा, बम्पर लाभांश पारित हुँदै

काठमाडौं, जेठ ३ । आइएमई लाइफ इन्स्योरेन्सले सातौंं वार्षिक साधारण सभा आगामी जेठ २८ गते गर्ने भएको छ ।

कम्पनीले सभा आम्रपाली ब्याङकेट क्याटरिङ एण्ड इभेन्ट भाटभटेनी नक्सालमा हुने बताएको छ । 

कम्पनीले हाल कायम चुक्तापूँजी २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनश शेयर र कर प्रयोजनार्थ समेत १.३१५८ प्रतिशतले हुन आउने ५ करोड २६ लाख ३१ हजार ५७९ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २६.३१५८ प्रतिशत लाभांश पारित गर्नेछ ।

त्यस्तै सभाले वार्षिक प्रतिबेदन,लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र अन्य वितीय विवरण माथि छलफल गरी पारित गर्नेछ ।

सभाले लेखापरीक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यसैगरी, सभाले सर्वसाधारण शेयरधनी समूहबाट एक जना सञ्चालक निर्वाचित गर्ने छ ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि आगामी जेठ १४ गते बुक क्लोज गर्ने भएको छ ।

सम्बन्धित समाचार