काठमाडौं, जेठ ४ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार आइतबारबाट खुल्ने भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का अनुसार साविक सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त एक आपसमा गाभिएपछि बनेको सामुदायिक लघुवित्तको नामबाट शेयर कारोबार हुन लागेको हो ।
उक्त कम्पनीको नामबाट शुक्रबार नेप्सेमा २ लाख ५६ हजार ५० कित्ता शेयर सूचीकृत भएको छ।
साविक सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त एक आपसमा गाभिनेर गाभ्ने तथा मर्जर गर्दा कायम हुन आएको सूचीकृत भएको हो ।
ती दुबै कम्पनी १ : ०.८५३५ अनुपातमा एकापसमा गाभिएका थिए ।जस अनुसार सामुदायिक लघुवित्तका १०० कित्ता शेयर हुने शेयरधनीले १०० कित्ता नै शेयर पाउने छन् भने बिपीडब्लु लघुवित्तका १०० कित्ता शेयर हुने शेयरधनीले ८५.३५ कित्ता शेयर पाउने छन् ।
