Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

रिलायबल नेपाल लाइफद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख सहयोग

रिलायबल नेपाल लाइफद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख सहयोग

अर्थ प्लस
रिलायबल नेपाल लाइफद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख सहयोग

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई पचास लाख रुपैयाँ नगद सहयोग प्रदान गरेको छ।

उक्त सहयोग रकम कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको उपस्थितिमा प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहोनीले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष भगवान कोइरालालाई एक कार्यक्रमका बीच रकम हस्तान्तरण गरेका हुन्।

बालबालिकाको स्वास्थ्य क्षेत्रमा गुणस्तरीय, सहज र सर्वसुलभ सेवा उपलब्ध गराउने उद्देश्यले स्थापित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ हाल नेपालमा आधुनिक बहु–विशेषज्ञ बाल अस्पताल निर्माणको प्रक्रियामा रहेको छ। यस संस्थाले बाल हृदय रोग, क्यान्सर उपचार, मानसिक स्वास्थ्य तथा सघन उपचार सेवा जस्ता अत्यावश्यक क्षेत्रमा विशेष ध्यान केन्द्रित गरेको छ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले यस सहयोगमार्फत बाल स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न, आवश्यक पूर्वाधार विकासमा टेवा पुर्‍याउन तथा भविष्यमा हजारौं बालबालिका र परिवारलाई लाभान्वित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

कम्पनीले स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यसै क्रममा गरिएको उक्त सहयोगले संस्थाको सामाजिक प्रतिबद्धता, विश्वास र जिम्मेवारीप्रतिको समर्पणलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।

साथै कम्पनीले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा मानवीय क्षेत्रमा थप सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

 

सम्बन्धित समाचार