Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेपाल लाइफ इन्स्योरेन्सले कायम गर्‍यो नयाँ कीर्तिमान, प्रथम बीमा शुल्क १३ अर्ब रुपैयाँ नाघ्यो

नेपाल लाइफ इन्स्योरेन्सले कायम गर्‍यो नयाँ कीर्तिमान, प्रथम बीमा शुल्क १३ अर्ब रुपैयाँ नाघ्यो

अर्थ प्लस
नेपाल लाइफ इन्स्योरेन्सले कायम गर्‍यो नयाँ कीर्तिमान, प्रथम बीमा शुल्क १३ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौँ / नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्दै नेपालको जीवन बीमा इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ।

कम्पनीले आफ्नो २५औँ वार्षिकोत्सव (सिल्भर जुबिली)को अवसरमा सार्वजनिक गरेको जानकारीअनुसार यसअघि गत आर्थिक वर्षमा १० अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको कम्पनीले यस वर्ष उक्त उपलब्धिलाई थप उचाइमा पुर्‍याउँदै पहिलो पटक १३ अर्ब रुपैयाँभन्दा बढी एफपीआई संकलन गर्न सफल भएको हो।

यस उपलब्धिप्रति खुसी व्यक्त गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सञ्चालक समिति, बीमित, बीमा अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेका छन्। उनले कम्पनीको सफलतामा सबै पक्षको विश्वास र सहकार्यको महत्त्वपूर्ण भूमिका रहेको बताए।

नेपाल लाइफले २५ वर्षदेखि विश्वास, सेवा र उत्कृष्टतालाई केन्द्रमा राखेर सेवा दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा थप प्रविधिमैत्री तथा ग्राहकमैत्री सेवा, नवीन बीमा योजना, प्रभावकारी लगानी व्यवस्थापन तथा कर्मचारी र अभिकर्ताको क्षमता अभिवृद्धिमार्फत विश्वस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

कम्पनीले ‘२५ वर्षको विश्वास, आज १३ अर्बभन्दा बढीको ऐतिहासिक उपलब्धि’लाई आफ्ना ग्राहक, अभिकर्ता, कर्मचारी, शेयरधनी तथा सरोकारवालाको साझा सफलताका रूपमा लिँदै आगामी दिनमा पनि नेपाली जीवन बीमा क्षेत्रको अग्रणी संस्थाका रूपमा आफ्नो नेतृत्वलाई निरन्तरता दिने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित समाचार