Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

त्रिशूली नदीमा खस्यो यात्रुवाहक भ्यान

त्रिशूली नदीमा खस्यो यात्रुवाहक भ्यान

अर्थ प्लस
त्रिशूली नदीमा खस्यो यात्रुवाहक भ्यान

काठमाडौं । शनिबार साँझ रसुवाको गोसाइँकुण्डबाट एउटा ‘अन टेस्ट’भ्यान त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ। उक्त गाडीसँगै चालक बेपत्ता भएका प्रहरीले जनाएको छ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका- ५ चिलिमे पुलस्थित पासाङल्हामु सडकमा गुडिरहेको अवस्थामा एक्कासी ‘अन टेस्ट’ ईभी गाडी त्रिशूली नदीमा खसेको हो।

स्याफ्रुबेँसीबाट धुन्चेतर्फ जाँदै गरेको भ्यान शनिबार साँझ पौने ६ बजेटिर सडकबाट करिब २५ मिटर तल त्रिशूली नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेको गाडीका चालकको पहिचान खुल्न बाँकी छ। गाडीमा अन्य यात्रु थिएकी थिएनन् त्योसमेत यकिन हुन नसकेको प्रहरीको भनाई छ। 

सम्बन्धित समाचार