Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

आज यी भूभागमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आज यी भूभागमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

अर्थ प्लस
आज यी भूभागमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । देशका केही स्थानमा आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । दिउँसोभन्दा राति धेरै वर्षाको पूर्वानुमान छ । दिउँसो भारी वर्षा हुँदा राति धेरै भारी वर्षाको सम्भावना छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

दिउँसो कोसी र वाग्मती प्रदेशका हिमाली र पहाडी भूभाग तथा गण्डकी, लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान छ ।

विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । तराई क्षेत्रका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा हुनेछ ।  

विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएका छ । हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी  र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग साथै मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

कर्णाली प्रदेशका पहाडी क्षेत्र र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभागनजिक रहेको छ ।

सम्बन्धित समाचार