Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

शुक्रवारको राशिफल : नाम, दाम, इनाम, प्रेम र प्रतिष्ठाका लागि तपाईँको समय कस्तो चल्दैछ आज ?

शुक्रवारको राशिफल : नाम, दाम, इनाम, प्रेम र प्रतिष्ठाका लागि तपाईँको समय कस्तो चल्दैछ आज ?

अर्थ प्लस
शुक्रवारको राशिफल : नाम, दाम, इनाम, प्रेम र प्रतिष्ठाका लागि तपाईँको समय कस्तो चल्दैछ आज ?

आज वि.सं.२०८३ साउन २२ गते तदनुसार ७ अगस्ट २०२६ शुक्रवार, श्रावण कृष्णपक्ष नवमी तिथि, दिउँसो १ बजेर २३ मिनेटपछि दशमी। कृत्तिका नक्षत्र, अपरान्ह ४ बजेर ४२ मिनेटपछि रोहिणी, चन्द्रराशि वृष।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामाजिक तथा कल्याणकारी कामबाट नाम कमाउन सकिनेछ। बोली र बौद्धिकताको सही प्रयोगले काम बन्नेछ। धातु, खनिज तथा आफन्तसँगको व्यापारबाट लाभ मिल्नेछ। व्यवसाय फस्टाउनेछ र धनसम्पत्ति जोडिनेछ। परिवारमा सुखद वातावरण रहनेछ। तर बोलीको गलत अर्थ लाग्न सक्छ। अनावश्यक खर्च, वादविवाद र अरुको फाइदा उठाउने प्रवृत्तिबाट सावधान रहनुहोला।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
क्षमता प्रदर्शन गरेर नाम तथा दाम कमाउन सकिनेछ। अध्ययन र काममा प्रगति हुनेछ। मेहनतले लक्ष्य हासिल गर्न सहयोग गर्नेछ। परिवारमा खुसीको वातावरण बन्नेछ। रोकिएका काम अघि बढ्नेछन् र प्रतिष्ठित कामबाट लाभ मिल्नेछ। व्यापारमा फाइदा हुनेछ। विलासी वस्तु तथा सवारी प्रयोगमा सावधानी अपनाउनुहोला। फजुल खर्च र खानपानमा ध्यान दिनु राम्रो हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
पढाइ तथा वित्तीय क्षेत्रमा केही चुनौती देखिन सक्छ। प्रेम सम्बन्धमा मनमुटाव र परिवारबाट गलत आरोप आउन सक्छ। खर्च बढ्दा आर्थिक दबाब पर्न सक्छ। सापटी दिँदा समस्या निम्तिन सक्छ। समय व्यवस्थापनमा ध्यान दिनुहोला। टाढाको यात्रा वा विदेशसम्बन्धी काम अघि बढ्नेछ। नयाँ चिनजान लाभदायक बन्न सक्छ। बोलीमा संयमता राख्दा विवादबाट बच्न सकिनेछ। निर्णय गर्न हतार नगर्नुहोला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवार तथा दाजुभाइको सहयोगले राम्रो काम गर्न सकिनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। लामो दूरीको यात्रा र अध्ययनमा अवसर मिल्नेछ। वित्तीय क्षेत्र, व्यापार तथा लगानीबाट राम्रो आम्दानी हुने सम्भावना छ। पहिले गरेका कामबाट लाभ मिल्नेछ। आयका नयाँ स्रोत फेला पर्नेछन्। कृषि, पशुपालन तथा व्यापारमा फाइदा हुनेछ। पछिसम्म फाइदा हुने कामको जग बस्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कर्म क्षेत्रमा राम्रो काम गरेर नाम, दाम र प्रतिष्ठा कमाउन सकिनेछ। व्यापार फस्टाउनेछ र आर्थिक अवस्था बलियो बन्नेछ। राजनीति तथा समाजसेवामा सम्मान बढ्नेछ। रोजगारीमा नयाँ अवसर वा जिम्मेवारी प्राप्त हुन सक्छ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। साथीभाइको सहयोग मिल्नेछ। प्रेम जीवनमा खुसी छाउनेछ। अनावश्यक विवादबाट टाढा रहनुहोला।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
भाग्य र समयले साथ दिनेछ। सरकारी तथा सामाजिक क्षेत्रमा काम गर्ने अवसर मिल्नेछ। खोजमूलक काम र अध्ययनमा सफलता प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। शिक्षा तथा धार्मिक क्षेत्रबाट लाभ मिल्नेछ। पहिले गरेका कामबाट फाइदा भइरहनेछ। व्यापारमा सेवाग्राहीको मन जित्न सके राम्रो परिणाम आउनेछ। खर्च नियन्त्रण गर्नुहोला। अवसरवादीबाट सावधान रहनु उचित हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफन्त तथा साथीभाइसँग साना कुरामा मतभेद हुन सक्छ। रुखो बोली र घमण्डले सम्बन्धमा समस्या ल्याउन सक्छ। आर्थिक विषय जटिल बन्ने सम्भावना छ। भौतिक सम्पत्ति प्रयोग गर्दा सावधानी अपनाउनुहोला। प्रेममा सामान्य मनमुटाव हुन सक्छ। नसोचेको धन प्रयोग गर्न पाइनेछ। खानपानमा ध्यान दिनुहोस्। गोपनीयता बाहिरिन र आम्दानी रोकिनाले योजना प्रभावित हुन सक्छ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
एकल तथा साझेदारी व्यवसायमा लगानीबाट राम्रो नाफा कमाउन सकिनेछ। अध्ययनमा अपेक्षित सफलता मिल्नेछ। परिवार तथा अग्रजहरू खुसी हुनेछन्। पारिवारिक यात्राको अवसर मिल्नेछ। प्रेम तथा दाम्पत्य सम्बन्धमा आत्मीयता बढ्नेछ। सामाजिक सञ्जालमार्फत विचार प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिनेछ। व्यापार तथा पेसामा प्रगति हुनेछ। परिवारको साथले उत्साह बढाउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
व्यवसाय तथा शेयर बजारमा लगानी बढाएर आम्दानीका स्रोत विस्तार गर्न सकिनेछ। पुराना समस्या समाधान हुनेछन्। मामा तथा मावलीबाट सहयोग मिल्नेछ। अध्ययनमा राम्रो सफलता प्राप्त हुनेछ। अदालत वा कानुनी विषयमा अनुकूल परिणाम आउन सक्छ। रोकिएका काम बन्नेछन् र नयाँ काम सुरु हुनेछ। उद्योग तथा व्यापारमा फाइदा हुनेछ। यात्राको अवसर मिल्न सक्छ। आत्मविश्वास कायम राख्नुहोला।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
सन्तानको प्रगति देखेर खुसी हुने समय छ। अध्ययन तथा अध्यापनमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। आम्दानी बढ्ने र खर्च नियन्त्रणमा रहनेछ। काम गर्ने वातावरण बन्नेछ र आर्थिक अवस्था सुधारिनेछ। आफन्त तथा प्रियजनबाट उपहार प्राप्त हुन सक्छ। तर काममा विलम्ब र चुनौती आउन सक्छ। खानपानमा ध्यान दिनुहोस्। लगनशीलताले सफलता दिलाउनेछ। अनावश्यक झमेलाबाट बच्नुहोला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषि तथा पशुपालन व्यवसायबाट लाभ मिल्नेछ, तर भौतिक तथा विलासी वस्तुको व्यापार कमजोर रहन सक्छ। परिवारमा सानो कुराले मनमुटाव हुन सक्छ। अध्ययनमा मन कम जानेछ र केही काम थाती रहन सक्छन्। सामाजिक क्षेत्रमा विश्वास जित्न समय लाग्नेछ। साथीको सहयोग मिल्नेछ। पुरानो काम पूरा हुनेछ। महत्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। वचन दिँदा सोचविचार गर्नुहोला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सानो प्रयासले राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। प्रतिस्पर्धीलाई पछि पार्न सफलता मिल्नेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। अध्ययन तथा अध्यापनमा प्रगति हुनेछ। दाजुभाइ, छिमेकी तथा आफन्तसँगको सम्बन्ध सुधारिनेछ। आफन्तसँगको व्यापारबाट लाभ मिल्नेछ। उद्योग तथा शेयर बजारमा लगानीबाट आम्दानी बढ्न सक्छ। छोटो यात्रा फलदायी हुनेछ। नयाँ काम सुरु गर्न अनुकूल समय छ।

सम्बन्धित समाचार