Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

लक्ष्मी सनराइज बैंक र क्यापिटलको आयोजनामा ट्राफिक प्रहरीलाई वित्तीय साक्षरता र लगानीसम्बन्धी प्रशिक्षण

लक्ष्मी सनराइज बैंक र क्यापिटलको आयोजनामा ट्राफिक प्रहरीलाई वित्तीय साक्षरता र लगानीसम्बन्धी प्रशिक्षण

अर्थ प्लस
लक्ष्मी सनराइज बैंक र क्यापिटलको आयोजनामा ट्राफिक प्रहरीलाई वित्तीय साक्षरता र लगानीसम्बन्धी प्रशिक्षण

काठमाडौँ / काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वय तथा लक्ष्मी सनराइज क्यापिटल र लक्ष्मी सनराइज बैंकको आयोजनामा ट्राफिक प्रहरी कर्मचारीका लागि पुँजी बजार साक्षरता तथा डिजिटल बैंकिङ सुरक्षा र चुनौतीसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा ट्राफिक प्रहरी कर्मचारीको दीर्घकालीन आर्थिक सुरक्षालाई लक्षित गर्दै धितोपत्र बजारका विभिन्न संयन्त्र, लगानी गर्ने तरिका, लगानीका फाइदा तथा चुनौतीका विषयमा जानकारी दिइएको थियो ।

त्यस्तै, सुरक्षित डिजिटल वित्तीय कारोबार, डिजिटल बैंकिङमा अपनाउनुपर्ने सावधानी तथा सम्भावित जोखिमका विषयमा समेत सहभागीलाई जानकारी गराइएको आयोजकले जनाएको छ ।

कार्यक्रममा वक्ताहरूले सडक अनुशासनजस्तै वित्तीय अनुशासन पनि आवश्यक रहेको उल्लेख गर्दै नियमित बचतसँगै सानो रकमबाट सुरक्षित लगानी सुरु गर्न सकिने बताएका थिए ।

‘बचतका साथै लगानी गर्ने बानी बसालौँ र समृद्ध भविष्य निर्माण गरौँ’ भन्ने उद्देश्यका साथ संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमले सहभागीमा नियमित बचत तथा लगानीप्रति सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ ।

कार्यक्रममा वरिष्ठ ट्राफिक प्रहरी अधिकृत, आयोजक संस्थाका पदाधिकारी तथा काठमाडौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार