Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सिटिजन लाइफ इन्स्योरेन्सको नाफा १०६.६३ प्रतिशत बढ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको नाफा १०६.६३ प्रतिशत बढ्यो

अर्थ प्लस
सिटिजन लाइफ इन्स्योरेन्सको नाफा १०६.६३ प्रतिशत बढ्यो

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सिटिजन लाइफ इन्स्योरेन्सको खुद नाफा १०६.६३ प्रतिशतले बढेर ३९ करोड ८ लाख ४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले १८ करोड ९१ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद बिमा शुल्क आर्जन २५.८७ प्रतिशतले बढेर ८ अर्ब ९७ करोड ७१ लाख २० हजार रुपैयाँ पुगेको छ । असार मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ र रिटेन्र्ड अर्निङमा ४९ करोड ८३ लाख ४० हजार रुपैयाँ रहेको छ ।

असार मसान्तसम्म आइपुग्दा यस कम्पनीको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ०३ पैसाले बढेर ७ रुपैयाँ ८२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ६० पैसा छ ।

सम्बन्धित समाचार