Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सिटिजन्स बैंकको नाफामा छलाङ, खुद नाफा २ अर्ब ९ करोड माथि

सिटिजन्स बैंकको नाफामा छलाङ, खुद नाफा २ अर्ब ९ करोड माथि

अर्थ प्लस
सिटिजन्स बैंकको नाफामा छलाङ, खुद नाफा २ अर्ब ९ करोड माथि

काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । 

बैंकले सार्वजनिक गरेको विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष बैंकको खुद नाफामा ६३.०५ प्रतिशतको उत्साहजनक वृद्धि देखिएको छ  ।

मुनाफा र सञ्चालन आम्दानी बैंकले असार मसान्तसम्ममा २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्ष सोही अवधिमा १ अर्ब २८ करोड ७० लाख रुपैयाँ मात्र थियो । बैंकको सञ्चालन मुनाफामा पनि ८१.२६ प्रतिशतको ठूलो सुधार आई ३ अर्ब ६० करोड १५ लाख पुगेको छ । 

बैंकको खराब कर्जा वापतको व्यवस्था २ अर्ब ६८ करोडबाट उल्लेख्य रूपमा घटेर ८२ करोड ९३ लाखमा सीमित हुनाले नाफा बढ्नमा मद्दत पुगेको देखिन्छ। निक्षेप र कर्जाको अवस्था बैंकको व्यवसाय विस्तारमा पनि क्रमिक सुधार देखिएको छ । 

बैंकले ग्राहकहरूबाट २ खर्ब ३१ अर्ब ७३ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९.५७ प्रतिशतले बढी हो । 

त्यस्तै, बैंकले १ खर्ब ७० अर्ब १४ करोड रुपैयाँ कर्जा तथा सापटी प्रवाह गरेको छ । मुख्य वित्तीय सूचकहरू नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार आएको छ । 

अघिल्लो वर्ष ८.७१ रुपैयाँ रहेको प्रति शेयर आम्दानी अहिले १३.५३ रुपैयाँ पुगेको छे । बैंकको प्रति शेयर नेटवर्थ १६०.५१ रुपैयाँ कायम भएको छ ।

बैंकको खराब कर्जा भने केही बढेको देखिन्छ । अघिल्लो वर्ष ४.८९ प्रतिशत रहेको खराब कर्जा बढेर ५.८८ प्रतिशत पुगेको छ । बैंकको आधार दर ६.२५ प्रतिशतबाट घटेर ५.०४ प्रतिशतमा झरेको छ, जसले बैंकको लागत घटेको संकेत गर्दछ ।

लाभांश क्षमता बैंकको वितरणयोग्य नाफा ५२ करोड ३१ लाख रुपैयाँ रहेको छ । यस आधारमा बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी ३.३७ रुपैयाँ देखिएको छ । बैंकको चुक्ता पुँजी १५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

                                                                                                                                       रु. हजारमा

विवरण

असार२०८३

असार२०८२

फरक (%)

चुक्ता पुँजी

१५,५०७,४६३

१४,७६९,०१२

५.००

रिटेन्ड अर्निङ

५२३,१०१

७७८,१६८

-

रिजर्भ

८,८६१,०८१

७,४००,५३१

-

रिजर्भ एण्ड सर्प्लस

९,३८४,१८२

८,१७८,६९९

१४.७४

निक्षेप सङ्कलन

२३१,७३१,२३६

२११,५००,७९३

९.५७

कर्जा प्रवाह   

१७०,१४१,१९६

१६८,८६०,७३८

०.७६

खुद मुनाफा

,०९८,६०३

,२८७,०७५

६३.०५

वितरणयोग्य मुनाफा

५२३,१०१

७७८,१६८

-३२.७८

खुद ब्याज आम्दानी  

६,२९३,६५३

६,४१५,४०६

-१.९०

खुद शुल्क तथा कमिसन आम्दानी

१,४३२,३३१

१,३४७,०५१

६.३३

कुल सञ्चालन आम्दानी   

८,३४९,१७६

८,१७४,८४४

२.१३

इम्पेयरमेन्ट चार्ज

८२९,३६१

२,६८०,००९

-

सञ्चालन मुनाफा

३,६०१,५३६

१,९८६,९१८

८१.२६

प्रतिशेयर आम्दानी (रु.)

१३.५३

८.७१

४.८२

वितरणयोग्य प्रतिशेयर आम्दानी (रु.)

३.३७

५.२७

(१.९०)

पि.ई. रेसियो   

१४.५५

२६.०६

-

प्रतिशेयर नेटवर्थ  (रु.)

१६०.५१

१५५.४२

५.०९

पुँजी कोष अनुपात

१२.४७

१२.४७

-

खराब कर्जा

५.८८

४.८९

-

कर्जा निक्षेप अनुपात

७५.७२

८१.९१

-

आधार दर

५.०४

६.२५

-१.२१

स्प्रेड दर

३.४८

३.६४

-०.१६

स्राेत : सम्बन्धित बैंककाे वित्तीय विवरण

सम्बन्धित समाचार