बरपिपल रिसोर्ट पोखरा (Bar Peepal Resort Pokhara) मुक्तिनाथ बैंकका ग्राहकहरुले त्यहाँको विभिन्न सेवा तथा सुविधामा विशेष छुट पाउनेछन् ।
बैंकले व्यवसायिक सम्झौता अनुसार बैंकका ग्राहकहरूले बरपिपल रिसोर्ट पोखरामा खाना, बस्न तथा SPA सेवामा १० देखि २० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्ने बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले बताएका छन् । त्यसैगरी, ६ जना बढीको समूहमा बुकिङ गर्दा १ जनाका लागि बस्ने सुविधासहित Break Fast, Lunch Dinner निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ ।
उक्त छुट तथा सुविधा प्राप्त गर्न बैंकका ग्राहकहरूले बैंकको मान्य डेबिट कार्ड/ प्रिभिलेज कार्ड देखाउनुपर्ने छ । वा मुक्तिनाथ विकास बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गर्न सकिन्छ । साथै मुक्तिनाथ विकास बैंकले आधारदरमा शून्य प्रतिशत प्रिमियममा समेत लगानी गर्न सकिने Auto Loan सञ्चालनमा ल्याएको छ ।
