Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सुनको मूल्यमा भारी गिरावट, तोलाको कति पुग्यो ?

सुनको मूल्यमा भारी गिरावट, तोलाको कति पुग्यो ?

अर्थ प्लस
सुनको मूल्यमा भारी गिरावट, तोलाको कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ ।

शुक्रबार प्रतितोला ३ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज **९ हजार ५ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ६४ हजार ९२० रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला १८५ रुपैयाँले घटेर ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। आज १० ग्राम चाँदीको मूल्य ४ हजार ९८ रुपैयाँ कायम गरिएको छ ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४५३.७ अमेरिकी डलर र चाँदी ६६.३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार