Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सिटिजन लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख सहयोग

सिटिजन लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख सहयोग

अर्थ प्लस
सिटिजन लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख सहयोग

काठमाडौँ / सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ५१ लाख आर्थिक सहयोग गरेको छ। विपद्बाट प्रभावित परिवारको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि कम्पनीले उक्त सहयाेग गरेकाे हाे ।

उक्त सहयोग रकममा सिटिजन लाइफका सिटिजन लिडर्सको तर्फबाट रु. १८ लाख ६७ हजार र कर्मचारीको तर्फबाट रु. २१ लाख ३३ हजार योगदान रहेको कम्पनीले जनाएको छ।

सहयोग रकम सिटिजन लाइफका अध्यक्ष प्रदीप जङ्ग पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल तथा नायब प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव दिप बहादुर बि. सी. ले नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

कम्पनीले विपद्को कठिन घडीमा ‘हामी सबै एकसाथ छौँ’ भन्ने भावनाका साथ उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्थानीय तह, स्वयंसेवक तथा सम्पूर्ण उद्धारकर्मीप्रति सम्मान व्यक्त गरेको छ। प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्स्थापनाका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि कम्पनीले जनाएको छ।

साथै, चीनको तिब्बत क्षेत्रबाट आएको आकस्मिक बाढी तथा प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दुःख व्यक्त गरेको छ।

कम्पनीले विपद्का कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, सम्पर्कविहीन व्यक्तिहरू सकुशल भेटिन सकून् भन्ने कामना गर्दै परिवारजनप्रति सहानुभूति व्यक्त गरेको छ।

विपद्का कारण प्रभावित आफ्ना बीमित तथा परिवारजनको अवस्थाबारे जानकारी लिन कम्पनीले प्रभावित क्षेत्रका सम्पूर्ण अभिकर्ता तथा कर्मचारीलाई आवश्यक निर्देशन दिएको जनाएको छ।

प्रभावित बीमित वा परिवारमा बीमा दाबीसम्बन्धी आवश्यकता देखिएमा आवश्यक समन्वय गरी दाबी प्रक्रिया सहज, छिटो तथा प्रभावकारी रूपमा सम्पन्न गर्न सहजीकरण गर्न निर्देशन दिइएको कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार