Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेशनल लाइफद्वारा रसुवाका बाढीपीडितलाई एक करोड ५१ लाख हस्तान्तरण

नेशनल लाइफद्वारा रसुवाका बाढीपीडितलाई एक करोड ५१ लाख हस्तान्तरण

अर्थ प्लस
नेशनल लाइफद्वारा रसुवाका बाढीपीडितलाई एक करोड ५१ लाख हस्तान्तरण

काठमाडौं । यही भदौं १० गते रसुवा हुँदै आएको बिनाशकारी बाढीपीडितहरुलाई राहत स्वरुप नेशनल लाइफ इन्स्योरेन्सले एक करोड ५१ लाख रूपैयाँ हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री विपद राहत कोषमा जम्मा गर्न नेशलन लाइफ इन्स्योरेन्सले सो रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । नेशनल लाइफकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंह तथा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

भदौं १० गते नेपालको लाङटाङ हिमालको उत्तरी मोहडाबाट सुरु भएको हिमपहिरोका कारण नेपाल चीनको रसुवा गढी नाका हुँदै रसुवा, नुवाकोट र धादिङ जिल्लालाई प्रभावित पारेको थियो । सबैभन्दा बढि प्रभावित रसुवा र नुवाकोटका सात हजार भन्दा बढि बेपत्ता छ भने आज साँझसम्म ९७५ जनाको शव भेटिएको छ । सरकारले पछिल्लो छ दिनमा हजारौंको उद्धार गरिसकेको छ ।

विश्वकै दुर्लभ हिम पहिरोका कारण उत्पन्न भएको प्राकृतिक विपदको समयमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम सरकारी राहत कोषमा हस्तान्तरण गरेर सरकारी अभियानमा सहभागी भएको छ भने अप्ठेरोमा अवस्थामा परेका जनताको साथमा उभिएको सन्देश दिएको छ ।

उक्त अप्रत्यासित घटनामा भएको जनधनको क्षतिले यस कम्पनी परिवारलाई अत्यन्त दुःखी बनाएको छ र उद्धार कार्यमा जुट्न कम्पनीका सम्बन्धित कर्मचारीहरु एवं अभिकर्ताहरु सबैमा अनुरोध गर्दछ ।

यस प्राकृतिक विपत्तिमा परि ज्यान गुमाउनु भएका सबैको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति नेशनल लाईफ हार्दिक समवेदना प्रकट गर्दछ र साथै घाईतेहरुको शिघ्र स्वास्थ लाभको कामना गरेको छ ।

सम्बन्धित समाचार