Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ, जनकपुर लैजाने तयारी

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ, जनकपुर लैजाने तयारी

अर्थ प्लस
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ, जनकपुर लैजाने तयारी

काठमाडौँ, जेठ ८ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको हो ।

उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मी कान्तिपुर कार्यालय पुगेका थिए ।

नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो ।

Screenshot 2024-05-21 192048.png

सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।

उनलाई मंगलबार नै धनुषाको जनकपुर लैजाने तयारी प्रहरीको छ ।

सिरोहियाले भने सहकारीको वचत रकम हिनामिनाका विषयमा निरन्तर रिपोर्टिङ गरेकाले गृहमन्त्री रवि लामिछानेले प्रतिशोधपूर्ण व्यवहार गरेको प्रतिक्रिया दिएका छन् ।

सिरोहियाले गृहमन्त्री लामिछानेविरुद्ध दुईवटा राहदानीको मुद्दा रहेको भन्दै उनीविरुद्ध पनि भोलि पक्राउ पुर्जी जारी हुने आशा रहेको बताएका छन् ।

तस्वीरहरू :

Screenshot 2024-05-21 192148.png
Screenshot 2024-05-21 192247.png
Screenshot 2024-05-21 192341.png
Screenshot 2024-05-21 192522.png

 

सम्बन्धित समाचार