Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

दोस्रो त्रैमासमा नेपाल रिको मुनाफा सुध्रियो, ईपीएस कति?

दोस्रो त्रैमासमा नेपाल रिको मुनाफा सुध्रियो, ईपीएस कति?

अर्थ प्लस
दोस्रो त्रैमासमा नेपाल रिको मुनाफा सुध्रियो, ईपीएस कति?

काठमाडौँ, जेठ १० । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चालु आवको पुस मसान्तसम्म कम्पनीको खुद नाफा गत आवको सोही अवधिको तुलनामा १५.४९ प्रतिशत वृद्धि भएको छ ।

चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीले ३३ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको समीक्षा अवधिमा कम्पनीको यस्तो नाफा २९ करोड २४ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन घटेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म तीन अर्ब तीन करोड रुपैयाँ खु्द बीमाशुल्क आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १०.५२ प्रतिशतले कम हो ।

समीक्षा अवधिमा कम्पनीले लगानी तथा कर्जाबाट ८७ करोड रुपैयाँ आम्दानी गरको छ । यस अवधिमा कम्पनीको कुल आम्दानी ११.५५ प्रतिशतले घटेर तीन अर्ब ९६ करोड ८७ लाख रुपैयाँमा झरेको छ ।

यस अवधिमा कम्पनीले दुई अर्ब १२ करोड रुपैयाँको खुद दाबी भुक्तानी गरको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले दुई अर्ब १३ करोड रुपैयाँको खुद दाबी भुक्तानी गरेको थियो । यस अवधिमा कम्पनीको बीमा कोषको आकार २१.१९ प्रतिशतले बढेर आठ अर्ब ७८ करोड रुपैयाँ पुगको छ ।

समीक्षा अवधिमा कम्पनीको कुल खर्च १२.७५ प्रतिशतले घटेर तीन अर्ब ४८ करोड रुपैयाँमा सिमित भएको छ । यस अवधिमा कम्पनीको चुक्ता पूँजी १२ अर्ब ८१ करोड रुपैयाँ, महाविपत्ति कोषमा ३० करोड ८१ लाख रुपैयाँ संचिती र रिटेन्ड अर्निङमा ५५ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको ईपीएस २.६४ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४५.७५ रुपैयाँ र पिई अनुपात २५४.९४ गुणा रहेको छ ।

 

सम्बन्धित समाचार