Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

एथरको स्कुटर खरिदमा १ लाखसम्म छुटको अवसर, यस्तो छ योजना

एथरको स्कुटर खरिदमा १ लाखसम्म छुटको अवसर, यस्तो छ योजना

अर्थ प्लस
एथरको स्कुटर खरिदमा १ लाखसम्म छुटको अवसर, यस्तो छ योजना

नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रा. लि.ले नयाँ विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै ‘एथर अपग्रेड फेस्टिभल’ सञ्चालन गर्ने भएको छ। कम्पनीका अनुसार कार्तिक १५ देखि २२ गतेसम्म सञ्चालन हुने आठदिने अभियानमा एथरका नयाँ स्कुटर खरिद गर्दा ग्राहकले १ लाख रुपैयाँसम्म क्यासब्याक पाउनेछन्।

चाडपर्वलाई लक्षित गरी ल्याइएको यस योजनामार्फत ग्राहकले एथरका विद्युतीय स्कुटर खरिदमा विशेष सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। सीमित अवधिका लागि सञ्चालन हुने यो अभियान देशभरका सहभागी एथर एक्सपिरियन्स सेन्टरमा उपलब्ध हुनेछ।

एथरका स्कुटरमा गुगल म्याप्स नेभिगेसन, टचस्क्रिन ड्यासबोर्ड, क्रुज कन्ट्रोल र म्याजिक ट्विस्टलगायतका फिचर उपलब्ध छन्। कम्पनीले लागू हुने वारेन्टीका सर्तअनुसार ब्याट्रीमा आठ वर्षसम्मको वारेन्टी पनि उपलब्ध गराउँदै आएको छ।

कम्पनीका अनुसार अभियानमा काठमाडौं उपत्यकाका नक्साल, भक्तपुर, टेकु, झम्सिखेल र बौद्धसहित पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड, वीरगञ्ज, धरान, विराटनगर, नेपालगञ्ज, सुर्खेत र धनगढीका एथर एक्सपिरियन्स सेन्टर सहभागी हुनेछन्।

ग्राहकले ती सेन्टरमा पुगेर उपलब्ध स्कुटरका मोडेल, अफर तथा खरिद सुविधाबारे जानकारी लिन सक्नेछन्। क्यासब्याक तथा अन्य सुविधाका लागि लागू हुने नियम र सर्त पालना गर्नुपर्ने कम्पनीले जनाएको छ।

वैद्य इनर्जी प्रा. लि. नेपालमा एथर इनर्जीको आधिकारिक वितरक हो। कम्पनीले विद्युतीय सवारी साधनको बिक्रीसँगै सर्भिस सेन्टर, एक्सपिरियन्स सेन्टर तथा चार्जिङ पूर्वाधारको सञ्जाल विस्तार गर्दै आएको छ।

सम्बन्धित समाचार