Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

कर्णाली डेभलपमेन्ट बैंकको शेयर पुँजी कटौती गरी १ प्रतिशतमा सीमित, कहिले हुँदैछ सुनुवाइ ?

कर्णाली डेभलपमेन्ट बैंकको शेयर पुँजी कटौती गरी १ प्रतिशतमा सीमित, कहिले हुँदैछ सुनुवाइ ?

अर्थ प्लस
कर्णाली डेभलपमेन्ट बैंकको शेयर पुँजी कटौती गरी १ प्रतिशतमा सीमित, कहिले हुँदैछ सुनुवाइ ?

काठमाडौँ / नेपाल राष्ट्र बैंकले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका ३५ जना शेयरधनीको शेयर पुँजी कटौती गरी १ प्रतिशत कायम गरेको छ । बैंकका २५ जना संस्थापक र १० जना सर्वसाधारण शेयरधनीको शेयर पुँजी घटाइएको हो ।

राष्ट्र बैंकले २०८१ पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो । त्यसपछि बैंकको व्यवस्थापन तथा सञ्चालन राष्ट्र बैंकबाट नियुक्त व्यवस्थापन समूहले गर्दै आएको छ ।

सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्दा बैंकको चुक्ता पुँजी क्षय भएको र दायित्वले सम्पत्ति धान्न नसक्ने अवस्था देखिएको थियो । 

साथै, केही शेयरधनीबाट चुक्ता हुनुपर्ने शेयरपुँजीबापतको रकम अवैधानिक रूपमा चुक्ता भएको पाइएको थियो । त्यसपछि बैंकको पुनर्संरचना गर्ने क्रममा राष्ट्र बैंकले ती शेयरधनीको शेयर पूँजी घटाएर १ प्रतिशत कायम गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकका अनुसार २५ जना संस्थापक शेयरधनीको कुल २१ लाख ३६ हजार ६०.८४ कित्ता शेयर घटाएर २१ हजार ३६०.६१ कित्ता कायम गरिएको छ । 

त्यस्तै, १० जना सर्वसाधारण शेयरधनीको १२ हजार ६८४.९८ कित्ता शेयर घटाएर १२६.८५ कित्ता कायम गरिएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ङ को उपदफा ९१० को खण्ड (च) तथा (ज) र दफा ८६ ज बमोजिम शेयर पुँजी घटाउने निर्णय गरिएको हो । 

यसअघि यसबारे सम्बन्धित सरोकारवालालाई जानकारी दिन २०८२ मंसिर १, मंसिर ९ र पुस १८ गते सूचना प्रकाशित गरिएको थियो ।

यसैबीच, शेयर पुँजी घटाई कम्पनी रजिस्ट्रार कार्यालयमा अभिलेखीकरण गर्ने प्रक्रिया अघि बढेको छ । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासको २०८३ कात्तिक ११ गतेको आदेशअनुसार यससम्बन्धी सुनुवाइ आगामी मंसिर ९ गते बिहान १० बजे हुने भएको छ ।

कम्पनी ऐन, २०६३ को दफा ५८ को उपदफा ९२० बमोजिम हुने सुनुवाइमा कुनै दाबीविरोध भए सबुद प्रमाणसहित उपस्थित हुन सम्बन्धित शेयरधनी तथा सरोकारवालालाई सार्वजनिक सूचनामार्फत आग्रह गरिएको छ ।

संस्थापक शेयरधनी तर्फ:
क्र.सं.
शेयरधनीको नाम
शेयरधनीको बुबाको नाम
शेयरधनीको हजुरबुबाको नाम
साविकको कित्ता संख्या
हाल कायम भएको कित्ता संख्या
१.
राजेन्द्रवीर राय
रुद्र वीर राय
ईन्द्र वीर राय
०.८०
०.०१
२.
पशुपति दयाल मिश्रा
मिश्रीलाल मिश्रा
सुमेरदत्त मिश्रा
२४,०५४.३०
२४०.५४
३.
तारा गुरुङ्ग
हेमराज गुरुङ्ग
के.बी. गुरुङ्ग
०.७२
०.०१
४.
असन्त वीर राय
रुद्र वीर राय
ईन्द्र वीर राय
०.५०
०.०१
५.
ओमप्रताप राणा
नोधिन जङ्ग राणा
कुन्जर जङ्ग राणा
६,९५४.००
६९.५४
६.
विष्णु प्रसाद कक्षपती
लालकुमार कक्षपती
रोहित कुमार कक्षपती
१,६३०.८०
१६.३१
७.
ओम प्रकाश आजाद
रामदुलारे आजाद
खुसल सिंह आजाद
०.८८
०.०१
८.
रिजेन्द्र वीर राय
राजेन्द्र वीर राय
रुद्र वीर राय
२३९.७६
२.४०
९.
रुजेन्द्र वीर राय
राजेन्द्र वीर राय
रुद्र वीर राय
२३९.७६
२.४०
१०.
डा. उषा शाह
शमसेर जीत जबरा
रन्जित जबरा
९,०८९.६२
९०.९०
११.
मोहन राम मिश्रा
शंकरदयाल मिश्रा
मिश्रीलाल मिश्रा
८,९९१.००
८९.९१
१२.
शंकर दयाल मिश्रा
मिश्रीलाल मिश्रा
सुमेरदत्त मिश्रा
७,४९२.५०
७४.९३
१३.
मन कुमारी चौधरी
दयाराम थारु
भरतराम थारु
२५९.२०
२.५९
१४.
असन्त वीर राय
रुद्र वीर राय
सकुन्तला राय/ईन्द्र राय
७,४९२.००
७४.९२
१५.
ओम प्रकाश आजाद
रामदुलारे आजाद
आशाकुमारी क्षेत्री
१,५२८.००
१५.२८
१६.
टंक बहादुर बस्नेत
बुद्धिमान बस्नेत
भुपाल बस्नेत
१,०९७.००
१०.९७
१७.
पशुपति दयाल मिश्रा
मिश्रीलाल मिश्रा
सुमेरदत्त मिश्रा
७७,९१०.००
७७९.१०
१८.
उषा राणा शाह
शमसेर जीत जबरा
किरण बहादुर शाह
७,१९८.००
७१.९८
१९.
कमला वि.क.
धनीराम नेपाली
तिर्थराम नेपाली
२४,९२७.००
२४९.२७
२०.
युवराज अधिकारी
फर्साराम अधिकारी
चुडामणी अधिकारी
९९७.००
९.९७
२१.
ओम प्रकाश मिश्रा
पशुपतिदयाल मिश्रा
मिश्रीलाल मिश्रा
५००.००
५.००
२२.
राजेन्द्र वीर राय
रुद्र वीर राय
ईन्द्र वीर राय
७,५३,४०४.००
७,५३४.०४
२३.
सुनौलो ईन्भेष्टमेन्ट प्रा.लि
-
-
७,५३,२११.००
७,५३२.११
२४.
नानी गुरुङ्गसेनी
मोतीलाल गुरुङ्ग
हेमराज गुरुङ्ग
२,०३८.००
२०.३८
२५.
तारा गुरुङ्ग
हेमराज गुरुङ्ग
कुमारबहादुर गुरुङ्ग
४,४५,६०५.००
४,४५६.०५
जम्मा
     
२१,३६,०६०.८४
२१,३६०.६१
साधारण शेयरधनी तर्फ:
क्र.सं.
शेयरधनीको नाम
शेयरधनीको बुबाको नाम
शेयरधनीको हजुरबुबाको नाम
साविकको कित्ता संख्या
हाल कायम भएको कित्ता संख्या
१.
युवराज अधिकारी
फर्साराम अधिकारी
चुडामणी अधिकारी
१४२.६९
१.४३
२.
तारा गुरुङ्ग
हेमराज गुरुङ्ग
कुमारबहादुर गुरुङ्ग
०.१९
०.००
३.
ओम प्रकाश आजाद
रामदुलारे आजाद
खुसल सिंह
०.७०
०.०१
४.
तारा गुरुङ्ग
हेमराज गुरुङ्ग
कुमारबहादुर गुरुङ्ग
२,५१७.००
२५.१७
५.
नानी गुरुङ्गसेनी
मोतीलाल गुरुङ्ग
हेमराज गुरुङ्ग
५५०.००
५.५०
६.
सुनौलो ईन्भेष्टमेन्ट प्रा.लि
-
-
४,९२८.४०
४९.२९
७.
राजेन्द्र वीर राय
रुद्र वीर राय
ईन्द्र वीर राय
३३३.००
३.३३
८.
युवराज अधिकारी
फर्साराम अधिकारी
चुडामणी अधिकारी
५००.००
५.००
९.
टंक बहादुर बस्नेत
बुद्धिमान बस्नेत
भुपाल बस्नेत
३,५७९.००
३५.७९
१०.
ओम प्रकाश आजाद
रामदुलारे आजाद
आशाकुमारी क्षेत्री
१४२.००
१.४२
जम्मा
     
१२,६८४.९८
१२६.८५

सम्बन्धित समाचार