Logo

Nov 03 2026 | २०८३, कात्तिक १८गते

images

सरकारले एकैपटक दुई अध्यादेश ल्याउँदै, राष्ट्रपतिसमक्ष पठाउने निर्णय

सरकारले एकैपटक दुई अध्यादेश ल्याउँदै, राष्ट्रपतिसमक्ष पठाउने निर्णय

अर्थ प्लस
सरकारले एकैपटक दुई अध्यादेश ल्याउँदै, राष्ट्रपतिसमक्ष पठाउने निर्णय

काठमाडौं- सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रेस काउन्सिल नेपालसम्बन्धी कानुन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित केही नेपाल ऐन संशोधनका लागि अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकले दुईवटै अध्यादेश राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको जानकारी दिए।

उनका अनुसार प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो। अब राष्ट्रपतिबाट स्वीकृत भएपछि मात्रै यी अध्यादेश जारी हुनेछन्।

सम्बन्धित समाचार