काठमाडौं । तिहारअघिको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । यसदिन नेप्से परिसूचक २.६४ अंकले बढेर २ हजार ६ सय ५५.२२ अंकको बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये १ सय ५७ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ७ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । बुधबार ३ अर्ब ४६ करोड २० लाख ५९ हजार रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ ।बिहीबार ४ अर्ब ७२ करोड २२ लाख ३६ हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको थियो ।
आज सबैभन्दा धेरै कमाउनेमा क्रेष्ट माइक्रो इन्स्योरेन्सका लगानीकर्ता रहेका छन् । यस कम्पनीको सेयर मूल्य १४.०८ प्रतिशतले बढेको छ । यता, सबैभन्दा धेरै गुमाउनेमा घोराही सिमेन्टका लगानीकर्ताहरु रहेका छन् । यो कम्पनीको सेयर मूल्य ४.४३ प्रतिशतले घटेको छ ।

