काठमाडौं । आशुतोष इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशनका लागि स्वीकृति पाएको छ । यस कम्पनीलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको हो ।
सेबोनले कम्पनीलाई कुल १२ लाख कित्ता शेयर निष्काशनका लागि विवरण पत्र प्रकाशन गर्ने अनुमति दिएको हो । यस कम्पनीको शेयर प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
